अर्थ : बैं‌किङ

ग्लोबलको भिजा कार्डबाट अनलाइन सपिङ् गर्दा सेवा शुल्क नलाग्‍ने
SHARES

साउन २१, २०७६

    काठमाडौं :  ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डबाट अनलाइन सपिङ् गर्दा लाग्ने सेवाशुल्क नलाग्ने व्यवस्था गरेको छ। भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ् गर्दा अबदेखि कुनै पनि शुल्कनलाग्ने बैंकले जनाएको छ।

    बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ।यसैगरी बैंकको अन्तर्राष्ट्रिय क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ् तथा सपिङ् गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ।बैंकले एक महिनाभित्र डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ।

    बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ् सेवा, मोबाइल बैंकिंङ् सेवा,इन्टरनेट बैंकिङ् सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमाप्रतिनिधिसम्पर्क कार्यालय स्थापना गरेर कारोबार गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]