समाज

संरक्षण अभियान चलाएको नगरपालिकाबाटै भैँसीको अवैध निकासी
SHARES

साउन २२, २०७६

    जाजरकोट : भैँसी संरक्षण गरिरहेको नलगाड नगरपालिकाबाटै भैँसीको बिक्री वितरण सुरु भएको छ। बिक्री वितरणमा समेत रोक लगाउँदै आएको नलगाड नगरपालिकाले त्यहाँकै पशुपंछी शाखाको सिफासिसमा भैँसीको बिक्री वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले रोकेको छ।

    जिल्लामा भैँसी लोप हुँन लागेको भन्दै विशेष योजना ल्याएर संरक्षणमा जोड दिएकै बेला नलगाड नगरपालिकाकै पशु शाखाले नगरको नीतिलाई कुल्चिदै सिफारिस दिएपछि भैँसी बिक्री वितरण सुरु भएको हो।

    नलगाडबाट खरिद गरेर ल्याएका ८ वटा भैँसी र २ राँगा जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जाजरकोटले रोकेको छ। भैँसीको स्वास्थ्य परीक्षणसमेत नगरेरै नेपालगन्ज लैजान लागिएको फेला परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

    भेरी नगरपालिका-२ का विष्णुजंग शाहले नलगाड नगरपालिकाबाट भैँसी खरिद गरेर ल्याएका थिए। उता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने, 'हामीले भैँसी विक्री वितरण कार्य रोकेका छौँ, यो कसरी भयो? मैले योभन्दा अघि दुईपटक भैँसी बिक्री हुँन लागेको थाह पाएर रोकेको हुँ, फेरि उही कुरा दोहोरियो’

    भेरी नगरपालिकाले समेत भैँसी लोप हुँन लागेको भन्दै पोहोर साल नै बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो। नगरले रोकेको कामलाई कुल्चिदै अर्को शाखाले सिफारिस दिँदा नगरपालिकाको काम गर्ने तरिकामाथि प्रश्न उठेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]