विश्व

पाँच लाख रोहिंग्या शरणार्थीले पाए परिचयपत्र

साउन २५, २०७६

    बोस्टन  : पाँच लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई परिचय पत्र दिलाएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ। 'यो उनीहरू बंगलादेशबाट बर्मा (म्यान्मा) फिर्ने उनीहरूको अधिकारको रक्षाका लागि महत्वपूर्ण थियो,' संघले भनेको छ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) का अनुसार बंगलादेशको कोक्स बजार वरपरका क्षेत्रमा ९ लाख रोहिङ्ग्या बस्छन्। १२ वर्षभन्दा जेठा सबैलाई परिचय-पत्र जारी गरिएको संघले जनाएको छ। औँठाछाप र आँखाको चित्र खिचेर परिचय स्थापित गरिएको छ। युएनएचसिआरले सन् २०१९ को अन्तसम्ममा रोहिङ्ग्या शरणार्थी दर्ताको काम सक्न ५ सय ५० भन्दा बढी स्थानीय कर्मचारी नियुक्त गरेको छ।

    विश्व इतिहासका ठूला मानव विस्थापनमध्येको एक रोहिङ्ग्या शरणार्थीको विस्थापनले सन् २०१७ मा चर्चा पायो, जसका कारण करिब ७ हजार रोहिङ्ग्या शरणार्थी म्यान्माबाट बंगलादेश आए ।

    म्यान्माका धेरै मानिस बौद्ध धर्म मान्छन्। एक तथ्याङ्कअनुसार त्यहाँ १० लाख रोहिङ्ग्या मुसलमान छन् । यी मुसलमानहरुलाई खासगरी अवैध बंगलादेशी प्रवासी हुन् भनेर भेदभाव गरिँदै आएको छ। उनी पुस्तौं त्यहाँ बस्दै आएका छन् । तर म्यान्माको सरकार उनीहरूलाई नागरिकता दिन मानिरहेको छैन।

    म्यान्माको रखाइन राज्यमा सन् २०१२ देखि साम्प्रदायिक हिंसा जारी छ भने भेदभावको अवस्था त्योभन्दा पहिलेदेखि। सन् २०१२ मै एक लाखभन्दा बढी मानिस पहिले नै विस्थापित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]