समाज

मुस्ताङमा यार्तुङ महोत्सव
SHARES

साउन २७, २०७६

    म्याग्दी : हिमालपारिको जिल्ला मुस्ताङको रानीपौवामा सोमबारदेखि सांस्कृतिक पहिचानको रुपमा थकाली समाजमा स्थापित यार्तुङ महोत्सवको आयोजना गरिएको छ।

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको रानीपौवामा हुने ऐतिहासिक यार्तुङ महोत्सवसहित नेपाल पर्यटन बोर्डले त्यहाँका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने भएको छ।

    रानीपौवामा हुने यार्तुङ महोत्सव एवं घरपझोङ गाउँपालिकामा पर्ने ढुम्बाताल, ऐतिहासिक ठिनीगाउँ र त्यहाँ सञ्चालित घरवासलगायतको प्रवर्द्धन गर्न लागिएको पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए।

    उनका अनुसार बोर्डका प्रतिनिधिसहित विभिन्न सञ्चारकर्मीको टोलीले महोत्सव एवं त्यहाँस्थित पर्यटकीयस्थलको स्थलगत अवलोकन गर्नेछ। उक्त क्रममा ऐतिहासिक ठिनी र ढुम्बातालको समग्र पर्यटकीय विकासका लागि घरपजोङ गाउँपालिकाका प्रमुख एवं पदाधिकारी र सरोकारवालाबीच छलफलसमेत गरिने जनाइएको छ।

    वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकून् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो।

    मन्दिरसम्मको अपाङ्गमैत्री पदमार्ग निर्माणका लागि बारागुङ मुक्तिक्षेत्रका प्रमुख एवं पदाधिकारीसँग छलफल एवं अन्तक्र्रिया गर्दै त्यसबारे सम्भाव्यता अध्ययन गरिने बोर्डका पोखरा प्रबन्धक थपलियाले जानकारी दिए।

    बोर्डले मुक्तिनाथ दर्शनका क्रममा तर्पण एवं श्राद्ध गरिने स्थल कागबेनीमा पनि यसै आर्थिक वर्षमा स्नानपछि कपडा परिवर्तन गर्ने कक्ष (चेन्जिङ रुम) का साथै पूजा सामग्री राख्ने भवन निर्माण गर्ने तयारी गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]