समाज : सुरक्षा/अपराध

गोरखामा बहिरा विद्यालयका भान्छे मृत फेला

साउन २८, २०७६

    पोखरा : गोरखाको मनकामना बहिरा माध्यमिक विद्यालयका भान्छे मृत भेटिएका छन्। गोरखा नगरपालिका–१० टक्सारमा रहेको विद्यालयमा लामो समयदेखि भान्छेको रुपमा कार्यरत श्यामहरि घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

    सुस्त श्रवण भएका तथा बहिरा मात्रै अध्ययन गर्ने उक्त विद्यालयमा आइतबार साँझ विद्यार्थीलाई खाना खुवाएर घर हिँडेका उनी घर नै नपुगेको परिवारलाई उद्धृत गर्दै गोरखा प्रहरीले जनाएको छ। घिमिरे आफैँ पनि सुस्त श्रवण भएका व्यक्ति हुन्। 

    उनी विद्यालय नजिकैको जंगलमा मृत भेटिएका हुन्। ‘विद्यालय नजिकैको जंगलमा उनको शव भेटियो,’ डिएसपी नेपालले भने, ‘हिजोदेखि नै उनी घर नआएका रहेछन्। टाउको र खुट्टामा चोट लागेको देखिएको छ।’ 

    परिवारका सदस्यहरुले उनको हत्या भएको शंका गरेका छन्। घटनाको अनुसन्धान भइरहेको डिएसपी नेपालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]