राजनीति

सहकारीलाई बेलैमा नियन्त्रण नगरिए दुर्घटनाको खतरा  : मन्त्री अर्याल
SHARES

साउन २८, २०७६

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छन्। स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

    लघुवित्त संस्था र सहकारीको प्रकृति उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरू उत्पन्न हुदै गएको बताइन्। तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताइन्। ‘संस्था ठूलो भएपछि र हाम्रा मानसिकताहरू विकृत बन्न थालेपछि विधि, विधानले नै समात्ने हो। त्योभन्दा अर्को विकल्प नै छैन’, मन्त्री अर्यालले भनिन्, ‘अब सिस्टमबाटै ती समस्याको समाधान गर्ने हो। हामीले अवलम्बन गरेका विधिविधानमा केही समस्या छ भने त्यसलाई सच्याऊ।’

    अहिले धेरै संरचना निर्माण भइरहेको अवस्थामा हिजोभन्दा कडा खालका विधि तथा नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन्। उनले भनिन्, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछैँ।’

    सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले  सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन्। ‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्ष पछि भयानक दुर्घटनाको संकेत देखा परेको छ’, उनले भनिन्, ‘यसलाई अब नियन्त्रण गर्नुपर्छ । हामीले केही कोशिस सहकारी नियमावलीमार्फत गरेका छौँ।’

    एउटा मान्छे धेरै संस्थामा बस्ने समस्याको नियन्त्रण अब सिस्टमबाटै गरिने उनको भनाइ थियो। सहकारी कर्जा कोष यसअघि नै भाषण धेरैपटक भए पनि अब व्यवहारमै लागू हुनेगरी कार्यान्वयन गरिने उनले बताइन्। नियमावलीमा सहकारीको कर्जा सुरक्षा कोष केन्द्रको स्थापना गरिएको बताउँदै त्यमार्फत अहिले भइरहेको विकृतिको अन्त्य गर्न सहयोग पुग्ने बताइन्। ‘सिस्टम सफ्टवेरले एउटा सहकारी संस्थामा बदमासी गरेर त्यहाँ पुरै गिरेर पतित भएर ठाउँ परिवर्तन गरेर फेरी सहकारी संस्थाको मालिक भएर त्यस्तै खालको गतिविधि गर्ने प्रवृतिको अन्त्य हुन्छ’, उनले भनिन्।

    मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने बताइन्। त्यस अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]