समाज

जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ
SHARES

साउन २९, २०७६

    रुकुम : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको नेकपा रुकुम पूर्वका जिल्ला सेक्रेटरीसहित ६ जना पक्राउ परेका छन्। 

    पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सिस्ने गाउँपालिका ८ डाँडागाउँका ३८ वर्षीय देविलाल पुनसहित ५ जना जिल्ला सदस्य रहेका छन्। जसमा सोही ठाउँकै  ४५ वर्षीय मोहनलाल कार्की, सिस्ने ७ नाथिगाटका ४० वर्षीय लिलाराम बुढा, सिस्ने ३ पोखराका ४५ वर्षीय धनबहादुर बिक, भूमे ६ महतका ४० वर्षीय रामकुमार बुढा र महतकै ४२ वर्षीय हिका बुढा रहेका छन्। 

    केही दिनयता जिल्लामा चन्दा उठाउने, धम्काउने जस्ता गतिविधि बढेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा उनिहहरु पक्राउ परेको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए। उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]