अर्थ

विद्युत् प्राधिकरणका कर्मचारीले पाउने भए बोनस
SHARES

मन्त्री पुनले उपलब्धिको वर्ष भन्दैगर्दा गयो बत्ती!

भदौ १, २०७६

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ३४ औँ वार्षिक उत्सवको अवसरमा कर्मचारीहरूलाई बोनस दिने भएको छ।

    आइतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।

    मन्त्री पुनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने घोषणा गरेका हुन्। निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उनले जानकारी दिए।

    त्यसैगरी महंगी भत्ता वापत सबै कर्मचारीले प्रति महिना थप २ हजार रुपैयाँ पाउने भएका छन्। यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो। मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुसी व्यक्त गरेका थिए।

    प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा सात अर्ब २० करोड नाफा कमाएको छ।

    ऊर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको वर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उनले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो। मन्त्रीको सम्बोधनको क्रममा दुई पटकसम्म ठुलो आवाज आउँदै विद्युत अवरोध हुँदै गरेको थियो। ऊर्जामन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरूले हुटिङ गरेका थिए।

    केही समय अघि प्रतिनिधिसभाको बैठकमा ऊर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]