राजनीति

नेता र मतदाताको दबाबपछि डा. यादवको राजीनामा फिर्ता
SHARES

सांसद डा. सूर्यनारायण यादव
भदौ १, २०७६

    काठमाडौं : समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले प्रतिनिधिसभाबाट दिएको  राजीनामा फिर्ता लिएका छन्।

    प्रतिनिधिसभा सदस्यबाट साउन २७ गते राजीनामा दिएका डा. यादवले उक्त निर्णयमा पुनर्विचार गर्दै राजीनामा आइतबार फिर्ता लिएको समाजवादी पार्टीका महासचिव तथा सांसद रामसहायप्रसाद यादवले जानकारी दिए। डा. यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संघीय संसदको प्रतिनिधिसभामा पुगेका थिए।

    'निर्वाचन क्षेत्रको जनताहरू आएर सम्झाउनुभयो र पार्टीमा पनि राजीनामा फिर्ता लिनुपर्छ भन्ने मान्यता थियो। सोहीअनुसार डा. यादवले राजीनामा फिर्ता लिनुभएको हो', सांसद रामसहायप्रसाद यादवले भने, 'उहाँको पार्टीप्रति कुनै पनि गुनासो थिएन। त्यसैले पनि अध्यक्षलगायत पार्टीका नेताहरूसँग छलफल भएपछि र मतदाताले फिर्ता लिन आग्रह गरेपछि राजीनामा फिर्ता लिनुभएको हो।'

    समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पनि डा. यादवलाई सांसदबाट दिएको राजीनामा फिर्ता लिन दबाब दिएका थिए।

    डा. यादव वरिष्ठ बालरोग चिकित्सक हुन्। उनी आफ्नो क्षेत्रमा परिचित चिकित्सक हुन्। उनले सांसद भएपछि आफ्नो पेशामा सक्रिय हुन नपाएको भन्दै गुनासो गर्दै आएका थिए। जसप्रति असन्तुष्ट हुँदै उनले सभामुख कृष्णबहादुर महरालाई राजीनामा बुझाएका थिए। सभामुखले पार्टीसँग छलफल गरेपछि मात्रै राजीनामाबारे निर्णय लिने बताएका थिए।

    डा. यादवले अब पार्टीको र आफ्नो निर्वाचन क्षेत्रको काममा खट्ने प्रतिबद्धता पनि जनाएको समाजवादीका नेताले जानकारी दिए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]