राजनीति

नेकपाको वरीयतामा माधव भन्दा झलनाथ अगाडि

माधव नेपालको नोट अफ डिसेन्ट

भदौ १, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वरीयता विवादको टुंगो लगाएको छ। वरिष्ठताको आधारमा अब माधवकुमार नेपालभन्दा झलनाथ खनाल अगाडि हुने भएका छन्। 

    वरीयतामा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि झलनाथ खनाल रहेका छन्। झलनाथपछि माधवकुमार नेपाल रहेका छन्।

    नेकपाको आइतबार बसेको सचिवालय बैठकले वरिष्ठताको विषयलाई टुंगो लगाएको हो।

    नेकपा सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाएको छ। सचिवालयको निर्णयमा नेता नेपालले आपत्ति जनाएका छन्। उनले जनवर्गीय संगठनको नेतृत्व चयन र वरियताको विषयलाई लिएर नोट अफ डिसेन्ट लेखेका छन्। 

    नेकपाले शुक्रबार ३३ वटा विभागको नेतृत्वको टुंगो लगाएको थियो। उसले सातै प्रदेशमा २–२ जना सहइन्चार्ज पनि तय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]