राजनीति

वामदेवलाई किसान महासंघबाट हटाइयो, नयाँ अध्यक्ष हरि पराजुली
SHARES

भदौ १, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले लामो समयदेखि किसान महासंघको अध्यक्ष रहँदै आएका वामदेव गौतमलाई उक्त पदबाट हटाएको छ। 

    आइतबार बसेको सचिवालयको बैठकले शुक्रबारमात्रै पार्टीको उपाध्यक्ष र संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका वामदेवलाई किसान महासंघको अध्यक्षबाट हटाइएको हो। 

    किसान महासंघको इन्चार्ज भने वामदेवलाई नै दिइएको छ। वामदेवलाई किसान महासंघबाट हटाइएपछि त्यसको जिम्मेवारी पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुलीलाई दिइएको छ। 

    को हुन् पराजुली?

    हरि पराजुली नेकपाको राजनीतिमा लामो समयदेखि सक्रिय छन्। वामदेवका निकट सहयोगी उनी पार्टी राजनीतिमा बाँके जिल्ला कमिटी सचिवसम्म भएका थिए। पराजुली २०५४ सालमा एमाले फुट्दा वामदेवसँगै मालेतिर गएका थिए।

    वामदेव गौतम किसान महासंघको अध्यक्ष भएपछि बलराम बाँस्कोटा, डीबी कार्की, शारदा सुवेदी, धर्मदत्त देवकोटा र पराजुलीलाई पनि महासंघमा संगठित गरेका थिए। उनै पराजुली अहिले किसान महासंघको अध्यक्ष भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]