समाज

महाकालीमा पानीको बहाव बढयो, चारपांग्रे सवारीमा रोक
SHARES

भदौ २, २०७६

    कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढेपछि सोमवार विहानै देखि वनवसा पुलमा चार पांग्रे सवारी सञ्चालनमा रोक लगाईएको छ।

     जिल्ला आपतकालीन सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार दिउसो १० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख २७ हजार ६७२ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुल मा चार पांग्रे सवारी साधान सञ्चालनमा रोक लगाईने गरेको छ।

    भारत तर्फ जाने नहर सफा गर्नका लागि पानी नदीमा छोडदा पानीको बहाव बढेको बताईएको छ। पुलमा पैदल यात्रु साईकल र मोटरसाईकल चालकका लागि भने सञ्चालन गरिएको छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]