समाज

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : डोरी किनेको पसल भेटियो
SHARES

भदौ २, २०७६

    काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्न डोरी किनेको पसल प्रहरीले भेट्टाएको छ। प्रहरीले सिसिटिभी फुटेजमा शालिकराम एक्लै गएर बसपार्कस्थित श्रेष्ठ पसलबाट डोरी किनेको दृश्य देखिएको हो।

    पसलको सिसिटिभी फुटेज लिएर परीक्षणका लागि प्रहरी प्रधान कार्यालय काठमाडौं पठाइएको छ। बसपार्कस्थित होटल कंगारुमा साउन २० गते पुगेका पुडासैनीले बाहिर निस्किएर डोरी किनेको दृष्य देख्‍न सकिने अनुसन्धानमा संलग्‍न प्रहरी अधिकारीले जानकारी दिए ।

    प्रहरीका अनुसार पत्रकार पुडासैनीले लुगा सुकाउन भन्दै ५ मिटर डोरी मागेका खुलेको छ। दृश्यमा पसलका कामदारले डोरी नापेको र प्लाष्टिकको झोलामा डोरी लगेको देखिएको छ।

    होटलमा पुगेर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियो सन्देशमा रवि लामिछानेसहित तीनजनाका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।

    प्रहरीले आत्महत्यामा दुरुत्साहनको अनुसन्धानका लागि लामिछानेसहित, पत्रकार युवराज कँडेल र नर्स रुकु भन्‍ने अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]