राजनीति

रविको समर्थनमा नारा लाउनेलाई नेकपाको चेतावनी : धमिलो पानीमा माछा मार्न नखोज्नू
SHARES

रवि लामिछानेसँग आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी। फोटो : पुडासैनीको फेसबुकबाट।
भदौ २, २०७६

    चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनमा रहेका विवादीत सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीनले गम्भीर ध्यानार्षण भएको जनाएको छ।

    नेकपा, चितवन जिल्ला कमिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै केही दिनयता भइरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भइरहेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नेकपाले जारी विज्ञप्तिमा जनताको ठूलो बलिदानीबाट प्राप्त परिवर्तन विरोधी नारा लगाएर आम नेपालीको अपमान गरेको लेखिएको छ। उसले धमिलो पानीमा माछा मार्ने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी पनि चेतावनी दिएको छ।

    नेकपाका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव तथा सांसद कृष्णभक्त पोख्रेललले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ‘पार्टी नेतृत्वविरुद्ध नामै किटेर अनावश्यक गालीगलो गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन।’

    नेकपाले जिल्लामा शान्ति र अमनचयन कायम राख्न प्रशासनसँग माग पनि गरेको छ। यस्तै, जिल्लाका नेकपा कार्यकर्तालाई शान्त रहन पनि आग्रह गरिएको छ। कुनै पनि बहानामा भएका यस्ता अराजक क्रियाकलापमा सम्लग्‍न नहुन पनि पार्टी नेता र कार्यकर्तालाई नेकपाले निर्देशन दिएको छ।

    लामिछाने चितवन प्रहरीको हिरासतमा छन्। उनीविरुद्ध पुडासैनीको परिवारले किटानी जाहेरी दिएको छ। लामिछानेलगायतका व्यक्तिहरूले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेको छ।

    जसमा लामिछानेको टिमका युवराज कँडेल र उनीहरूले प्रयोग गरिएकी भनिएकी युवती रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। जसको विरोधमा विगत चार दिनदेखि चितनवमा रविको रिहाइको माग गर्दै प्रदर्शन र प्रहरीसँग दोहोरो झडप पनि भइरहेको छ।

    जसले प्रहरीलाई अनुसन्धानमा अवरोध गरेको नेकपा र चितवन प्रहरीको भनाइ छ। उक्त प्रदर्शन नरोकिएपछि र प्रदर्शनकारीले नेकपाका नेताहरूलाई सार्वजनिक ठाउँमा गाली गलौच गर्न थालेपछि नेकपाले विज्ञप्ति जारी गरेको हो। 

    यस्तो छ विज्ञप्ति : 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]