राजनीति

सत्तापक्षको कुर्सीमा डा. बाबुराम भट्टराई
SHARES

सांसद खतिवडाले भने - विवाहपछि महिला माइतीमा हैन श्रीमानसँगै बसे राम्रो

भदौ ५, २०७६

    काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संसदमा सत्ता पक्षको सांसदको कुर्सीमा बस्ने थालेका छन्।

    डा. भट्टराई बिहीबारको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको कुर्सीमा बसेका हुन्।

    तत्कालीन संघीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकता भएर समाजवादी पार्टी बने पनि कानुनी रूपमा पार्टी एकीकरण पूरा नहुँदा उनी विपक्षी सांसदको हैँसियतमा बस्दै आएका थिए।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले दुई पार्टीबीच एकता भएको पत्र पढेर सुनाएका थिए। त्यससँगै उनी सत्तापक्षको सांसदको सिटमा बसेका हुन्।

    तत्कालीन नयाँ शक्तिबाट डा. भट्टराई मात्र सांसद भएकाले उनी स्वतन्त्र सांसदको रूपमा रहँदै आएका थिए। समाजवादी पार्टी अहिले सरकारमा रहेको छ। समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित सरकारमा रहेका छन्।

    डा. भट्टराई सत्तापक्षको कुर्सीमा बस्न थालेकोमा सांसदहरूले बधाई दिएका थिए। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडा, समाजवादीका सांसदहरू उमाशंकर अरगरिया र रेनुका गुरुङले बधाई दिनुका साथै स्वागत गरेका थिए।

    सांसद खतिवडाले व्यंग गर्दै भनेका थिए, 'विवाहपछि महिला माइतिकै घरमा बसेको भन्दा श्रीमानसँग बसेको सुहाउँछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]