अर्थ

अर्थमन्त्री भन्छन् : स्विस बैंकमा नेपालीको ५३ अर्ब खोज्दैछौं
SHARES

भदौ ५, २०७६

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्। 

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रालयसँग जोडिएका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्विस बैंकसहितका ट्याक्स हेभन मुलुकमा नेपालीले लुकाएका पैसा खोजिरहेको बताएका हुन्। 

    एकजना सांसदले स्विस बैंकमा रहेको नेपालीको ५३ अर्ब के हुन्छ? भनेर खतिवडालाई सोधेका थिए । ‘नेपालीहरुको नामसँग मिल्दाजुल्दा नामबाट पैसा राखिएका छन्। ट्याक्स हेभन क्षेत्र र नियमनको खुकुलोपन भएका क्षेत्रमा नेपालीका बैंक खाता छन्’, उनले भने, ‘गैरआवासीय नेपाली, नेपाली र नाम मिलेका विदेशीको पनि रकम हुन सक्छ।’ 

    मन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशमा लगानी गर्न पाइने बताउँदै नेपाल सरकारले नेपालीको खाताहरुको खोजी गरिरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]