राजनीति

प्रधानमन्त्रीले भिडियोबाटै मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्ने
SHARES

भदौ ५, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विदेश रहेको समयमा पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्।

    'नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश रहेको अवस्थामा समेत भिडियो कन्फरेन्‍सिङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्‍न सक्ने व्यवस्था मन्त्रिपरिषद बैठकले गरेको छ' निर्णयमा भनिएको छ।

    प्रधानमन्त्री धेरै विदेश बस्नुपर्ने भएको अवस्थामा देशका महत्वपूर्ण निर्णयहरू नरोकिऊन भनेर मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था गरेको बताइएको छ। सम्भवत नेपालमा यो अभ्यास पहिलो हो।

    केही समयअघि सिंगापुरमा स्वास्थ्योपचार गरेर नेपाल फर्केका प्रधानमन्त्री केपी शर्मा ओली पुन: स्वास्थ्य परीक्षणका लागि करिब डेढ साताको समयका लागि आजै मात्र सिंगापुर प्रस्थान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]