साहित्य

साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत
SHARES

भदौ ८, २०७६

    काठमाडौं : साहित्य सन्ध्या पुरस्कार तथा सम्मान–२०७५ साहित्यकार तथा पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको छ।

    शनिबार काठमाडौंमा आयोजित साहित्य सन्ध्याको मासिक ३९९ औं शृङ्खला एवं वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोहमा १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो।

    यस्तै, साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान विष्णुप्रसाद पोखरेल र साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान वसन्ता शर्मा आचार्यलाई प्रदान गरिएको हो। पोखरेल प्रगतिवादी विचारक तथा शिक्षासेवी हुन् भने शर्मा दाङ जिल्लाको सिसनिया स्वास्थ्चौकीमा पाँचौँ तहको अनमी पदमा कार्यरत कर्मचारी हुन्। दुवै पुरस्कारको राशी रुपैयाँको रहेको छ।

    साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान साहित्यकार एवं अक्षरका रङहरू नियात्रा सङ्ग्रहका सम्पादक अच्युत घिमिरेलाई प्रदान गरिएको छ। यस पुरस्कारको राशीसमेत १० हजार रहेको छ। त्यसैगरी यसै वर्षदेखि प्रारम्भ गरिएको साहित्य सन्ध्याका वर्षभरिका एघार वटा गाष्ठीमध्ये १० वटामा प्रत्यक्ष सहभागिता जनाउने स्रष्टा दिइने पाँच हजार राशीको साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान मुकुन्द न्यौपानेलाई प्रदान गरियो।

    सोही समारोहका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टद्वारा लिखित ‘आनन्ददेव भट्टको जीवनवृत्त’ र नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘भूमिका र समीक्षा’ कृतिको लोकार्पण गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]