अर्थ

पहाडका तरकारी तराईका बजारमा
SHARES

भदौ १७, २०७६

    ओखलढुङ्गा : यसअघि बजार अभावमा कुहिएर जाने गरेको गोलभेडाले पछिल्लो समय बजार पाएपछि किसानहरु हर्षित छन्।

    जिल्ला सदरमुकाम आसपासमा उत्पादन भएका गोलभेडा सातामा दुईपटक लाग्ने शनिबारे तथा बुधबारे हटियामा बिक्री नहुँदा कुहिएर जाने गरेको थियो। एक महिनाअघि १० रुपैयाँ प्रतिकिलो बिक्री नभएका भोलभेडा अहिले ४० रुपैयाँमा बिक्री हुन थालेपछि सिद्धिचरण  नगरपालिका–१० रुप्सेका किसानहरुमा खुशी छाएको हो।

    ‘रुप्सेका किसानहरुले एक सातामा तीन हजार किलोभन्दा बढी गोलभेडा उत्पादन गर्ने भए पनि बजारभाउ नहुँदा वस्तुभाउलाई कुँडो पकाएर दिन्थ्यौं,’ रुप्सेकी जीरकुमारी मगरले भनिन्, ‘एक महिनाअघि प्रतिकिलो १५ रुपैंयाले पनि बिक्री नभएको गोलभेडा अहिले ४० रुपैयाँमा बिक्री हुन थालेको छ।’

    यहाँ उत्पादित भेलभेडा जिल्ला सदरमुकामका साथै सोलुखुम्बु, उदयपुर, सुनसरी र मोरङसम्म पुग्न थालेको मगरले बताइन्। त्यस क्षेत्रका व्यापारीहरु गाउँमै आएर गेलभेडा खरिद गर्न थालेका छन्। रुप्से गाउँमा उत्पादन भएका गोलभेडामध्ये एक सातामा दुई हजार ५०० किलो जिल्लाबाहिर निकासी हुने गरेको छ।

    सिद्धिचरण  नगरपालिकाको विगुटार, रुप्से, ज्यामिरे, कुन्तादेवीलगायतका स्थान गोलभेडा उत्पादन हुने गरेको छ। रुप्सेको कालिका कृषक समूहले मात्र तरकारी खेतीका लागि ८३ वटा प्लाष्टिकका टनेल निर्माण गरेका छन्। 

    रुप्सेका नागरिकहरुलाई तरकारी बेच्न बोकेरै बजारसम्म लानुपर्ने बाध्यता थियो। तर, अहिले बारीमै व्यापारी तरकारीहरु आउन थालेका स्थानीय अगुवा कुम्भबहादुर मगरले बताए। मकै कोदो खेतीको तुलनामा तरकारी खेतीबाट कैयौँ गुना नाफा हुने उनको अनुभव छ । सबैभन्दा थोरै तरकारी बेच्ने कृषकको वार्षिक एक लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएका छन्।

    व्यापारीहरु तरकारी लिन सातामा दुईपटक गाउँमै गाडी लिएर आउने गरेको कालिका कृषक समूहकी अध्यक्ष जिरकुमारी मगरले बताइन्। यस क्षेत्रमा काँक्रा, अकबरे खुर्सानी, काउली, बन्दालगायतका तरकारी उत्पादन हुँदै आएको छ। भारतबाट आयातित तरकारीमा विषादी हुने गरेको समाचारले आएकाले सहरबाट गाउँघरमा उत्पादित तरकारीको माग बढेको छ। यहाँ उत्पादित तरकारी अर्गानिक भएकै कारण कटारी, इटहरी र विराटनगरसम्म माग आएको किसानहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]