स्वास्थ्य

पाल्पामा ६ जनामा डेंगुको संक्रमण
SHARES

फाइल फोटो
भदौ १९, २०७६

    पाल्पा : पाल्पामा ६ जनामा डेंगुको संक्रमण भेटिएको छ। गएको साउनमा २ जनामा भेटिएको र भदौमा थप ४ जनामा यसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए।

    डेंगुको संक्रमण हुनेमा २ जना जिल्लाको सदरमुकाम तानसेन र अन्य ४ जनामध्ये माथागढी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाको रहेका उनले बताए। भदौ महिनामा उपचारका लागि आएका ४ जना तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्किको कलेजका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीलले बताए।

    गतवर्ष ७ जनामा यसको संक्रमण भेटिएको थियो। गत वर्षको तुलनामा यसको संक्रमणको संख्या बढ्ने देखिएको छ। तर यसको नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी जनचेतानमुलक कार्यक्रम संचालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ज्ञवालीले बताए।

    पानी जमेका खाल्डाखुल्डी पुर्ने, पानीका ट्याङ्की सफा गर्ने, झाडी सफा गर्ने लगायतका कार्यक्रम संचालन उनले बताए। डेंगु एडिस एजिप्टआइ नामक लमखुट्टेको टोकाइबाट सर्छ उनले भने यो यसले प्रायः पानीमा फुल पार्ने भएका कारण खाल्डाखुल्डीमा पानी जम्न नदिनु र झाडी सफा गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]