अर्थ : बैं‌किङ

प्रविधि सुरक्षामा लगानी बढाउन गभर्नरको निर्देशन
SHARES

भदौ २३, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुलाई प्रविधि सुरक्षामा लगानी बढाउनको लागि बैंकहरूलाई निर्देशन दिएका छन्। चिनिया ह्याकरले नेपालका बैंकबाट पैसा लुटेपछि सुरक्षाको विषयमा चासो देखाएको राष्ट्र बैंकले सोमबार बैंकका प्रमुख कार्यकरी अधिकृत (सिइओ)हरूलाई गभर्नर मार्फत यस्तो निर्देशन दिइएको हो। 

    साइबर सुरक्षा र प्रविधीमा गरिएको लगानी खर्च नभएको विषयमा बैंकहरूलाई स्मरण गराउको र लगानी बढाउन भनेको गभर्नर नेपालले बताए। उनले विश्‍वभर नै साइवर सुरक्षाको चुनौति वढेको विषयमा समेत सिइओहरूको ध्याकर्षण गराएको बताए। 

    गत शनिबार चिनियाँ ह्याकरले नक्कली एटिएमको सहायताले साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । सोमबारको बैठकको सबैजसो बैंकका सिइणहरू उपस्थित रहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]