अर्थ

यातायात समितिको बैंक खाता रोक्का गर्न निर्देशन
SHARES

भदौ २३, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले यातायात समिति तथा व्यवसायीहरुको रोक्का बैंक खाता फुकुवा गर्न बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। अर्थमन्त्रालयले २०७५ वैशाख २३ गते २४३ वटा यातायात समितिहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।

    यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आवद्ध व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो।राष्ट्र बैंकको निर्देशन पछि बन्द भएका सबै खाता खुलाउन साउन १६ गते मन्त्रिपरिषद्ले नै निर्णय गरेको राष्ट्र बैंकले जानकारी दिएको छ।

     अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत १२ गते पत्रचार गरेपछि बैंक खाता फुकुवा गर्न पत्रचारर गरिएको राष्ट्र बैंकले बताएको छ।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]