विश्व

इराकमा पर्व मनाउने भीड अनियन्त्रित, ३१ को मृत्यु, सयौँ घाइते
SHARES

भदौ २५, २०७६

    इराकमा मोहर्रम पर्वका अवसरमा निकालेको झाँकीमा भीड अनियन्त्रित हुँदा ३१ जनाको मृत्यु भएको छ। इराकका स्वास्थ्य विभागका प्रवक्ताका अनुसार भागदौडमा १०० जना घाइते भएका छन्।

    उनका अनुसार मर्नेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। बिबिसीका अनुसार  मोहर्रमका अवसरमा सिया समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    मुस्लिम समुदायको लागि मोहर्रम पर्व एक उत्सवको रूपमा लिने गरिन्छ। हरेक वर्षको सेप्टेम्बर १० तारिखमा हजारौँ मुस्लिम जनता एकजुट हुने प्रचलन रही आएको छ। इस्लामका प्रवर्तक पैगंबर मोहम्मदका पात्र इमाम हुसैनको निधनपश्चात उनको याद मा यो पर्व मानिदै आएको छ।  उनको निधन ६८० ईस्वी मा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]