अर्थ : कर्पोरेट

मनिग्रामद्वारा दशैं–तिहारलक्षीत नयाँ योजना घोषणा

भदौ २८, २०७६

    काठमाडौं : भुक्तानी सेवा प्रदायक मनिग्रामले नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवर्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ । मे देखी जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो । यसका साथै मन्रिामले २०७६ सालको दशैं–तिहार को उपलक्षमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ । 

    “हामीहरु नेपालीहरुलाई देशभरी र देशबाहिर रहेका उहाँहरुका प्रियजनहरुलाई रकम पठाउन सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्न सकेकोमा गौरवान्वित महसुस गर्दछौं,” मनिग्रामका भारतीय उपमहाद्धीप, ईन्डो चाईना र मलेसीयाका लागी क्षेत्रीय प्रमुख शेसागिरी (शुकेस) मालियाहले भने ।

    “यसअघि सञ्चालन गरिएको प्रवद्र्धन योजनाका २४ जना विजयीहरुले उहाँहरुले प्राप्त गरेको रकमको दोब्बर पुरस्कारबापत पाएकोमा म हर्षीत छु । यो प्रवर्धनलाई अझ अगाडी बढाउँदै दशैं–तिहार पर्व अवधीभर सबैजनासँग मनाउन हामीहरु क्रियाशील हुनेछौं ।”

    सेप्टेम्बर १ (भाद्र १५) देखि आरम्भ भएको मनिग्रामको नयाँ योजना नोभेम्बर ३० (मङ्सीर १४) सम्म सञ्चालन हुनेछ । यसअन्तर्गत, मनिग्राममार्फत रकम भुक्तानी पाउने सबैजना भाग्यशाली ‘ड्र’ मा सहभागीभई आफूले पाएको रकमको दोब्बर बढी रकम जित्न सकिनेछ ।

    “हामीहरुले यो योजना यसअघि पनि सञ्चालन गरिसकेका छौं र यो कार्यक्रमले सँधै धेरै उत्साह जगाउँछ,” मनिग्रामकी एसिया प्यासिफिक, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रीय मार्केटिङ प्रमुख सब्रीना चानले भने । “प्रत्येक हप्ता हामीहरु भाग्यशाली ‘ड्र’ मार्फत नयाँ विजेता घोाषणा गर्छौं र उहाँहरु यसबाट अत्यन्त खुसी भएको देख्दा तँपाईहरुपनि आनन्दित हुनुहुनेछ ।

    आफ्ना ग्राहकहरुको जीवनमा मूल्य अभिवृद्धीमा सहयोग गर्दा हुने हर्ष हाम्रालागी उत्प्रेरणाजनक हुने गर्दछ । यो योजना साथै भविष्यमा सञ्चालन हुने प्रवर्द्धनात्मक कार्यक्रमहरुमार्फत धेरै मानीसहरुसँग जोडिन पाउँदा हामी आभारी छौं ।”
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]