समाज

पाँच केजी चरेशसहित समातिए तीन भारतीय
SHARES

भदौ २९, २०७६

    हेटौंडा : मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागुऔषध चरेशसहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ।  

    शनिबार दिउँसो हेटौंडा १५ बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    पक्राउ पर्नेमा  भारत बिहार जिल्लाका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतो रहेका छन्। वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको कारलाई प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। पक्राउ परेकाहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

    यस्तै प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले  कैलाश गाउँपालिका ८ का २६ वर्षिय राजकुमार थिङ र २१ वर्षिय दिपेश थिङलाई  १२ केजि ४ सय ग्राम गाँजासहित पक्राउ गरेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]