मनोरञ्जन

रानु मण्डलको खुलासा : सलमानले दिएनन् ५५ लाखको घर
SHARES

भदौ २९, २०७६

    एजेन्सी : कुनै समय कोलकाताको सडकमा गाउँदै बस्ने रानु मण्डल अहिले भारतमा हिट भएकी छन्। सामाजिक सञ्जालमा हरेकतर्फ उनको चर्चा छ। उनको पहिलो गीत तेरी-मेरी... हिट भएको छ । 

    हिजोसम्म कोलकाताको रेल स्टेशनमा गीत गाउँदै आफ्नो जिन्दगी गुजारिरहेकी रानु मण्डलको प्रभाव कुनै सेलेब्रिटीको भन्दा कम छैन।

    केही दिनअघि रानुको गीत सुनेर सलमान खान धेरै भावुक भएको चर्चा थियो। त्यसपछि उनले रानुलाई ५५ लाखको फ्ल्याट उपहार दिएको समाचार आएको थियो। तर यो खबर गलत रहेको कुरा स्वयम् रानुले नै खुलासा गरेकी छन्। 

    रानु मण्डलले एनबीटीलाई दिएको अन्तर्वार्तामा सलमान खानले आफूलाई घर उपहार नदिएको बताएकी हुन्। 'यदि उनले मलाई घर दिएको भए त सबैसामू खुलास गर्थे', उनले भनिन्, 'मैले यो समाचार सुनेँ तर मलाई यस खबरमा भरोस भएन।'

    रानुलाई सलमानसँग कुनै चलचित्रको गीतमा गाउनका लागि सहयोग माग्नेबारे प्रश्न गरिएको थियो। 'मैले कसैसँग कुनै सहयोगका लागि बोलेकी छैन। सलमानसँग पनि म सहयोग माग्दिनँ', उनले भनिन्, 'एक गायिकाका रुपमा मलाई हिमेशजीले मौका दिए। जुन गीत सुनेर मलाई मानिसहरुले मन पराउन थाले। त्यसका लागि हिमेशजीलाई म धन्यवाद दिन्छु, आभारी छु।'

    हिमेश रेशमियाको फिल्म ह्याप्पी हार्डी एन्ड हिरका लागि रानु मण्डलले 'तेरी मेरी कहानी....' गीत गाएकी हुन्। रानु मण्डलको नाम हिजोसम्म भलै गुमनाम थियो तर आज उनलाई गीत गाउने कयौँ ठूला प्रस्ताव आइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]