विश्व

साउदीमा हमलापछि बढ्यो पेट्रोलियम संकट
SHARES

भदौ ३०, २०७६

    एजेन्सी : साउदी अरबका २ ठूला पेट्रोलियम संयन्त्रमाथि दुई दिनअघि भएका हमलापछि विश्वमा तेल संकट चुलिने देखिएको छ। साउदीमा हमलासँगै इरान र अमेरिकाबीच तनाव बढिरहँदा तेलको संकट पनि चुलिने अवस्था आएको हो।

    साउदीका दुई पेट्रोलियम संयन्त्रमाथि हमला भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपातकालीन स्थितिमा तेलको अवस्था स्थिर बनाइ राख्न स्ट्राटेजिक पेट्रोलियम रिजर्भबाट प्रयोगका लागि तयार भएका छन्।

    ट्रम्पले यस्तो स्थितिका लागि एसपीआरलई अधिकृत पनि गरिदिएका छन्। भारतसँग पनि यस्तो  स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) छ। जसमा आपतकालका बेला कच्चा तेल जोगाएर राख्न सकिन्छ। यो तेल आपत परेका बेला प्रयोग गर्न सकिन्छ।

    नेपाल तेलमा निर्भर भारतले खाडी युद्धका क्रममा गम्भीर संकट आएपछि स्ट्राटेजिक पेट्रोलियम रिजर्भ बनाएको थियो। त्यो बेला भारतसँग केबल ३ दिनको मात्रै तेल बचेको थियो। त्यसपछि भारले तीनवटा स्ट्राटेजिक पेट्रोलियम रिजर्भ बनाएको छ। नेपाल पनि पेट्रोलियम पदार्थमा भारतसँगै निर्भर रहेको छ। 

    भारतले आन्ध्र प्रदेशको विशाखापट्टनम, कर्नाटकको मैंगलोर र पडुरमा बनाएका यी तीन स्ट्राटेजिक पेट्रोलियम रिजर्भको कुल क्षमता ५.३८ मिलिटन मेट्रिक टन छ। आपतकालका बेला केन्द्र सरकारले १० दिनसम्म यहाँबाट तेल आपूर्ति गर्न सक्छ। यी रिजर्भ जमीन या पहाड काटेर धेरै गहिरो गुफाकारुपमा बनाइन्छ। 

    ५.३८ मिलियन मेट्रिक टन कच्चा तेल राख्नका लागि भारतले ४०९८ करोड रुपैयाँ खर्च गरेको छ। विशाखापट्टनमको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ ६७ एकड जमीनमा बनाइएको छ। यसको स्टोरेज क्षमता १.३३ मिलियन मेट्रिक टन छ।

    अर्कातिर मैंगलोरको रिजर्भ १०४.७३ एकड जमीनमा १२२७ करोड रुपैयाँमा बनाइएको हो। जहाँ यसको क्षमता १.५५ मिलियन मेट्रिक टन छ। पडुरको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ १७९.२१ एकड जमीनमा १६९३ करोड रुपैयाँमा बनाइएको हो। यसको क्षमता २.५० मिलियन मेट्रिक टन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]