समाज

गाउँपालिका केन्द्र सार्न लागिएको भन्दै विरोध

भदौ ३१, २०७६

    बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्नको लागि विज्ञ टोली बोलाउने निर्णय गरेसँगै स्थानीय बासिन्दाले विरोध गरेका छन्। डिलाशैनी गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ साविकको डिलाशैनी गाविसवाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीय आन्दोलित भएका हुन्। 

    वडा नं ४ र वडा वडा नं ७ का स्थानीय बासिन्दाले केन्द्र चलखेल भएको भन्दै स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेका छन्। संघर्ष समितिको बैठकले मंगलवार गाउँपालिकाका सम्पर्क कार्यालय, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिति, सत्तारुढ नेकपा र नेपाली कांग्रेसको जिल्ला कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने निर्णय गरेको छ।

    गाउँपालिकाको पहिलो बैठकले वडा नं ७ भित्र गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको भए पनि हाल आएर केन्द्र सार्ने चलखेल सुरु भएकोले आन्दोलित हुन बाध्य भएका स्थानीय दीपकबहादुर धामीले जानकारी दिए। ज्ञापनपत्रपश्चात पनि गाउँपालिकाले कुनै सुनुवाइ नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामीले बताए। 

    यता गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने राज्य पुनर्संरचना हुनुभन्दा पहिला साविकको डिलाशैनीमा अस्थायी रूपमा केन्द्र राख्ने निर्णय गरेको र पहिलो गाउँसभाले गाउँपालिकाभरी जुन ठाउँमा उपयुक्त ठहरियो सोही ठाउँमा केन्द्र राख्ने निर्णय गरेको बताए। गाउँपालिकाको केन्द्र कुन ठाउँमा उपयुक्त हुन्छ भनेर अध्ययनको लागि विज्ञ टोली बोलाउने निर्णय भएको र विज्ञ टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले निर्णय गर्ने स्पष्ट पारे।

    गएको १ वर्षदेखि गाउँपालिकाले वडा नं ३ पंसेरामा सम्पर्क कार्यालय राखी कामकाज गर्दै आएको छ। यसअघि वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीको अध्यक्षतामा बसेको स्थानीयको भेलाले २१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो। संघर्ष समितिका संयोजकमा कर्णबहादुर धामी, जनकबहादुर धामी र गणेश बहादुर धामीलाई चयन गरिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]