समाज

थापाथलीस्थित प्रसूति गृहको अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते
SHARES

भदौ ३१, २०७६

    काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ। उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन्।

    प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    “प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो। प्लान्टमा सामान्य विस्फोट  भएको रहेछ”, उनले भने। विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]