अर्थ

गरिब जिल्ला बाजुरामा एक महिनामै दुई करोडको मदिरा
SHARES

तीन गाउँपालिकामा प्रतिबन्ध, एकमा मदिरा कार्ड

असोज १, २०७६

    बाजुरा: गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्‍न अभाव खेपिरहने जिल्लामा एक महिनामा दुई  करोडभन्दा बढी मदिराको कारोवार भइरहेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
     

    उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार  डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महिनामा मात्रै कारोवार भएको बताएका छन्। 

    व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महिनामा दुई करोडभन्दा बढी मदिरा खपत भएको हो। त्योसँगै स्थानीयवासीद्वारा उत्पादित अवैध मदिरा पनि बिक्री हुने गरेको उनले बताए। 
     
    मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले बताए। 
     
    आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाका अनुसार मासिक ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए।

    जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करीब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। 

    जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्‍नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ। गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]