समाज

नायरले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने
SHARES

असोज १, २०७६

    काठमाडौं : नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर) ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ। अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो।

    ‘समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका छन्, तर हामीले विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरूको करिअर सेट गर्नका लागि हाम्रो योगदान होस् भन्नका लागि यो फेयर आयोजना गरेका हौँ,’ नायरका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘यसले विद्यार्थीलाई विशेष फाइदा पुर्‍याउनेमा हामी विश्वस्त छौँ। हामी समुन्नत नेपाली समाज निर्माणका लागि विदेशमा वा स्वदेशमा जहाँ भए पनि विद्यार्थीले आफ्नो चाहनाअनुरूप पढ्नु पर्छ भन्नेमा विश्वास गर्छौँ।’

    उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रममुक्त पार्नका लागि फेयरको आयोजना गर्न लागिएको नायरको महासचिव उद्धव खड्काले बताए। ‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ, किनकि यो विशुद्ध विद्यार्थीलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रम चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो।’

    यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्था सहभागी हुँदैछन्। बिहीबार अन्नपूर्ण होटलमा आयोजना गर्न लागिएको फेयर बिहान १० बजे सुरु भई साँझ पाँच बजेसम्म चल्नेछ। कार्यक्रममा निःशुल्क सहभागिता जनाउन सकिने महासचिव खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]