राजनीति

मकवानपुरमा २ हजार ६ सय भूमिहीन लाभग्राहीलाई घर निर्माणको स्वीकृती
SHARES

फाइल फोटो
असोज १, २०७६

    हेटौँडा : मकवानपुर जिल्लामा २ हजार ६ सय ३९ जना भूमिहीन लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ। विस २०७२ सालको भूकम्पबाट प्रभावित मकवानपुरका लाभग्राहीलाई साविककै स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको हो। जिल्ला समन्वय समिति मकवानपुरको पहलमा दुई चरणमा गरि मकवानपुर जिल्लामा २ हजार ६ सय ३९ जना भूमिहीन लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान भएको हो।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गठित जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तथा प्रतिनिधि सभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले  जिल्लाका ९ सय ७३ भूमिहीन लाभग्राहीलाई सोही स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको हो। यसअघिको बैठकले मकवानपुर जिल्लामा १ हजार ६ सय ६६ जनालाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिसकेको थियो। सभापति दाहालको संयोजकत्वमा बसेको बैठकले ५ सय ८९ जना भूमिहीन पूर्णलाभग्राही र ३ सय ८४ जना प्रवलीकरण लाभग्राही गरी ९ सय ७३ जना भूमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृती प्रदान गरेको छ।

    उनीहरूलाई सार्वजनिक मुचुल्काको आधारमा स्थानीय तहको सिफारिस तथा दिगो समाधान परियोजनाबाट संकलन गरी पेश भएका कागजातका आधारमा सोही स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृती दिने निर्णय गरिएको हो। हेटौँडा उपमहानगरपालिकाका २ सय ५३, बकैया गाउँपालिकाका १ सय ५५, मकवानपुरगढीका ८५, मनहरीका ६६, बागमतीका ११, भीमफेदीका १०, राक्सिराङका ४, थाहा नगरपालिकाका ३ तथा कैलाश र ईन्द्रसरोवर गाउँपालिकाका १–१ जना गरी ५ सय ८९ जनालाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ।

    प्रवलीकरणतर्फ बकैयामा १ सय ४५, बागमतिमा १ सय १७, मनहरीमा ५५, मकवानपुरगढीमा ४८, हेटौंडामा १५, राक्सिराङमा ३ र भीमफेदीमा १ जना गरी ३ सय ८४ जना प्रवलीकरण लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]