समाज

'राष्ट्रिय विज्ञान दिवस'का अवसरमा दुई पत्रकार पुरस्कृत
SHARES

असोज १, २०७६

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाइ उत्कृष्ठ योगदान पुर्‍याउने दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई रहेका छन्। उनीहरूलाई सम्मानस्वरूप रु. १५ हजार राशिको पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए।

    पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह-सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२  देखि सन् २०१४ सम्म सह-सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान-सम्पादकको रूपमा रहेर काम गरेका छन्। एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयका १२ वटा पुस्तक, अनुसन्धानात्मक प्रतिवेदन, वैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेख, विभिन्न विज्ञान मासिक, पाक्षिक पत्रपत्रिकामा विज्ञानसम्बन्धी लेख प्रकाशित छन्।

    पत्रकार अधिकारीले साप्ताहिकको संवाददाता, नुवाकोट एफएम, नेपालवाली रडियो नेटवर्क, इमेज एफएम, इमेज न्युज एफमा समाचारवाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन्। उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आएकी छन्। उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचना प्रकाशित हुनुका साथै टेलिभिजन रिपोर्ट र कार्यक्रम संचालन पनि गर्दै आएकी छन्।

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ “विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ। उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम बुधबार राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भरिको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]