समाज

‘ढाका रन वे ब्राइडल शो’ हुुँने
SHARES

असोज १, २०७६

    काठमाडौं : बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आइरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रवर्द्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ।

    यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाइनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन/पहिरन तथा डिजाइन देखाउने पनि आयोजकले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ।

    काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरूले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ। उक्त शोमा नायिका, मोडेल तथा गायिका परमीता आरएल राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने र अन्य प्रस्तुति पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाइरेक्टर अजय गुरुङले जानकारी दिए। परमीता आरएल राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडर पनि हुन्।

    उनकाअनुसार उक्त शो जम्मा ५ घण्टा चल्नेछ। शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रवर्द्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्न पनि आयोजकले अपिल गरेको छ। उक्त शोको उद्घाट्न भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने पनि आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]