समाज

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बालिका बेपत्ता
SHARES

असोज ५, २०७६

    काठमाडौं :   शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्।

    शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए।

    बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]