खेलकुद

बार्सिलोनालाई स्तव्ध बनाउँदै ग्रानाडा शीर्ष स्थानमा
SHARES

असोज ५, २०७६

    उपाधीको दावेदार मानिएको डिफेन्डिङ च्याम्पियन बासिंलोना स्पेनिस ला लिगामा ग्रानाडासँग पराजित भएको छ। घरेलु मैदानमा ग्रानडाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो। 

    बार्सिलोनालाई पराजित गर्न रामन अजिज र अल्भरो भाडिलोले गोल गरे। अजिजले खेलको दोश्रो मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। डिफेन्डर जुनियर फिर्पोको कमजोरीको फाइदा उठाउँदै अजिजले पहिलो गोल गरे। अल्भरोले ६६ औ मिनेटमा पेनाल्टी मार्फत अग्रता दोब्बर बनाए। 

    आर्टुरो भिडालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भिएआरको सहायतामा पाएको पेनाल्टीलाई अल्भरोले गोल गरे। २ बर्षपछि ला लिगामा पुनरागमन गरेको ग्रानाडाको ला लिगाको सिजनको तेश्रो जित हो। जितसँगैै तालिकाको शिर्ष स्थान पुगेको छ। ५ खेलमा ३ जित र १ बराबरीको नतिजासँगै १० अंकका साथ ग्रानाडाले शिर्ष स्थामा रहने मौका पाएको हो। १ खेल कम खेलेको सेभिल्लाको १० अंक भएपनि गोल अन्तरको आधार दोश्रो स्थानमा छ।  

    यता बार्सिलोनाको सिजनको दोश्रो पराजय हो। पराजित भएपछि बार्सा लीगको सातौ स्थानमा रहेको छ। उसले २ जित र १ बराबरीबाट ७ अंक जोडेको छ। यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको हो। सन २०१४ यता भएका १२ भेटमा ग्रानाडासँग बार्साको दोश्रो पराजय हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]