समाज

उमेर नपुगी बिवाह गरेको अभियोगमा बेहुला-बेहुलीसहित ७ जना पक्राउ
SHARES

असोज १७, २०७६

    सल्यान : जिल्लामा उमेर नपुगी बिवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीमा विवाह गरिरहेको अवस्थामा मण्डपबाटै बेहुला बेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्। बेहुला लोकबाहादुर बोहराको घरमा बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुवा ४१ वर्षीय लोकबहादुर बोहरा र उनकी श्रीमती माया बोहरालाई पक्राउ गरेको हो। यस्तै बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुवा ४२ वर्षीय रत्नबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

    बिवाह गराउने पण्डित कुशे नगरपालिका ९ जाजरकोट घर भएका २५ वर्षीय नबिन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।उमेर नपुगी बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाई छ। 

    पक्राउ परेका सवैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकोले यसको न्युनिकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने खतिवडाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]