
बैतडी: दशैंलाई खानपिनको पर्वका रुपमा चिनिएपनि सुुदूरपश्चिमका अधिकांस जिल्लाका बासीन्दाले भने भोकै दशैं मनाउछन् । सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैं मनाइदै आएको हो ।
देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरु रहेका छन् । सुदूरपश्चिममा दशैंको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ ।
सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुने गर्दछ । दशैंको बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैं मनाउने गरेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए।
दशैंको बेला बैतडीका प्रत्येक गाउँमा देवीदेवताका मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्र उपवास गरेर पूजा गर्ने चलन रही आएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।