फिचर : फोटो फिचर

टुँडिखेलमा तोप पड्काएर फूलपातीको हर्षबढाइ (फोटो फिचर)
SHARES

असोज १८, २०७६

    काठमाडौं : गोरखाबाट ल्याइएको फूलपाती शनिबार हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको छ। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गरेका थिए।

    परापूर्वकाल देखिनै काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिन्छ। पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फुलपाती ल्याउने प्रचलन सुरु भएको हो।

    गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दशैंघरका पूजारीसहित मगरजातिका छजनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका छजनाले सो फूलपाती ल्याउने प्रचलन छ। सो अवसरमा नेपाली सेनाको एक टुकडीले टुडिखेलमा तोप पड्काएर हर्षबढाइ गर्ने चलन रहिआएको छ। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलागयतले अवलोकन गरेका थिए। 

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]