समाज

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा
SHARES

असोज २६, २०७६

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद मृत्युको घटनाको अनुसन्धानका लागि डडेल्धुरा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ। 

    ४०–४५ वर्ष अगाडिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय उमाशंकर गिरी नाम गरेका साधुको गत बुधबार बेलुकी उनले बस्दै आएको कुटीमा शंकास्पद अवस्थामा शव फेला परेको थियो।

    शनिबार अन्दाजी वर्ष १४ र १६ का स्थानीय २ जना किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। सोही घटनामा संलग्न भनी आइतबार १४ वर्षीय अर्का स्थानीय किशोरलाई पक्राउ गरिएको छ।

    भागेर बैतडी र डडेल्धुराको सीमानामा लुकिछिपी बसेको छ भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइ कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार बालबालिका ऐन २०७५ को दफा ११ बमोजिम  पक्राउ परेकाहरुको नाम, थर नखुलाइएको हो। गिरीको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको हो।

    प्रहरी नायब निरीक्षक न्यौपानेले भने, ‘नियन्त्रणमा लिएका व्यक्तिहरु असोज २१ गते घट्नास्थल नजिकै कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्दै मृतकको कुटीमा गइ फर्कने क्रममा नजिकै सडकमा गिरीसँग भेट भएको र विवाद भएकोमा गिरीलाई १६ वर्षका किशोरले ढुंगा प्रहार गरेको र गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेको र पक्राउ परेकाहरूले लखेट्दै गई पुनः ढुँगा प्रहार गरी सो स्थानबाट भागी आ–आफ्नो घर गएको प्रारम्भिक बयानबाट खुल्न आएको छ।’

    नियन्त्रणमा लिइएका किशोरहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]