समाज

म्याद थप्‍न महरालाई जिल्ला अदालतमा उपस्थित गराइयो
SHARES

असोज २८, २०७६

    काठमाडौं : संघीय संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार अभियोग लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। 

    दशैँ अगाडि पक्राउ परेका महरालाई महागरीय प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकीलको कार्यालयमार्फत् जिल्ला अदालतमा मंगलबार उपस्थित गराएको हो। 

    महरालाई म्याद थप गरी अनुसन्धान अघि बढाउन जिल्ला न्यायाधीवक्ताले दुई नम्बर इजलासका न्यायाधीश दीपकुमार दाहालसमक्ष पेश गर्दैछन्। 

    महानगरीय प्रहरी परिसर काठमाडौँंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्ध आवश्यक सबुत प्रमाण बटुली अनुसन्धान पुरा भइसकेकाले अब अदालतबाट म्याद लिएपछि बयानको काम थालिने जानकारी दिए। 

    काठमाडौँ जिल्ला अदालतमा आज महराको पक्षमा अधिवक्ताहरु मनोहर सापकोटा र रमण श्रेष्ठले बहस गर्ने भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]