समाज

हत्या आरोपित आलममाथि अनुसन्धान गर्न सात दिन म्याद थप
SHARES

असोज २८, २०७६

    काठमाडौं : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको बम काण्डका घाइतेलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर हत्या गरेको अभियोगमा पक्राउ नेपाली कांग्रेसका सांसद मोहम्म आफताब आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ। 

    जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका निलम्बित सांसद् आलमलाई अदालतले कर्तब्य ज्यान मुद्दामा अनुसन्धानको लागि थप हिरासतमा राख्‍न ७ दिनको अनुमति दिएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले मंगलवार जिल्ला अदालतमा उपस्थित गराएपछि अनुन्धानका लागि ७ दिनको समय मिलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले अदालतबाट सात दिनको म्याद पाइसकेकाले थप अनुसनुधान अघि बढाउन सजिलो भएको बताए।

    रौतहटको राजपुरस्थित एक घरमा २०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकामध्ये नेपाली र भारतीयसहित करिब २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलमलाई लगाइएको छ। 

    यो प्रकरणमा पीडित परिवारले जाहेरी दिँदा पनि प्रहरीले अनुसन्धान अघि बढाउन मानेको थिएन। तर पीडित परिवारले सर्वोच्च अदालतमा गुहार लगाएपछि प्रहरीमाथि अनुसन्धानका लागि दबाब बढेको हो । सर्वोच्च अदालतले पीडित परिवारको जाहेरी दर्ता गर्न २०६९ जेठ १६ गते जिल्ला प्रहरी कार्यालयको नाममा आदेश दिएको थियो। 

    बम विस्फोटका क्रममा मारिएका छोराका हत्यारालाई कारवाही माग गर्दै सर्वोच्च अदालत पुगेकी रोक्सना खातुनको रहस्यमय ढंगले गोली हानी हत्या गरिएको थियो। रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा कांग्रेसबाट निर्वाचित आलम पूर्वमन्त्री पनि हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]