राजनीति

सीको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : मुख्यमन्त्री पोखरेल
SHARES

असोज २८, २०७६

    बुटबल : प्रदेश  ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनपिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताए। मुख्यमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताए।

    चीनको छेन्दूमा विकास र सहकार्यका लागि बीआरआई ९बेल्ट एन्ड रोड इनिसिएटिभ० सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्तगरे। 

    'दुई मुलुकबीच भाइभाइको सम्बन्ध छ, त्यहीअनुसार सहकार्य र सहयोग गर्दै आएका छौँ”, उनले भने, “हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ।'

    उनले छिमेकको विकासलाई साथसाथै अघि बढाउन चीनले अघि सारेको बीआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि बीआरआई महत्वपूर्ण रहेको बताए।

    सम्मेलनमा सहभागीहरूलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउँदै बौद्ध दर्शनको उद्भवस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरे।

    सिचुवान प्रान्त र प्रदेश ५ बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदानप्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उनले बताए। सिचुवान र प्रदेश ५ बीच तीन महीनाअघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]