समाज

राष्ट्रपति सीको भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट : नेपाल प्रहरी
SHARES

सुरक्षामा कठोर बन्न कार्कीको निर्देशन

असोज २८, २०७६

    काठमाडौं : निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताएका छन्।  

    प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले यस्तो भनेका हुन्। 

    'प्रधानमन्त्री, गृहमन्त्री र चीन सरकारबाट समेत नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गरिएको छ', उनले भने, 'यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।'

    सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरिकाले अगाडि बढ्न हौसला मिलेको पनि उनले बताएका छन्। 

    जुनसुकै अपराधविरुद्ध कठोररूपमा प्रस्तुत हुनपर्नेमा जोड दिँदै कार्कीले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाइ अगाडि बढ्न निर्देशनसमेत दिए। 

    चाडपर्वका बेला हुने आपराधिक गतिविधि हुन नदिन प्रहरी थप सक्रिय र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]