समाज

गैरआवासीय नेपालीको निर्वाचनमा उम्मेदवारी शुल्क दश लाख
SHARES

असोज २८, २०७६

    काठमाडौं : गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ। सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले बताए।

    गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्कसात लाख ५० हजार रहेको थियो। गत महाधिवेशनभन्दा यसवर्षदुई लाख ५० हजार बढाएर१० लाख पुर्याइएको हो। 

    अध्यक्षको दर्ता शुल्क १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को एक लाख तोकिएको छ। उनले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको बताए।

    निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको सात लाख, महासचिवकोछ लाख, सचिव र कोषाध्यक्षकोपाँच लाख, सहकोषाध्यक्षकोचार लाख, महिला तथा युवा संयोजककोतीन लाख ५० हजार, क्षेत्रीय संयोजककोतीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजककोदुई लाख ५० हजार र आईसीसी सदस्यहकोएक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ। 

    सङ्घको नवौँ नेपाली विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शु भएको छ। ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो। तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन्। 

    नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुने गर्दछ। कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ।

    निर्वाचनका लागि आज राति ९ बजेदेखि भोलि बिहान १०:३० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ। उहाँले निर्वाचनमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]