समाज

भोटिङ मेशिनमा गडबडीले एनआरएनको निर्वाचन स्थगित
SHARES

असोज २९, २०७६

    काठमाडौं : लगातारको विवाद र तनावपछि बुधबार अबेर  साँझ सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्थागित भएको छ। 

    इलेक्ट्रोनिक मेशिनमार्फत् मतदान सुरु भए लगत्तै निर्वाचन स्थगित भएको हो। मतदान सुरू भएको केही समयमै प्राविधिक समस्या आएपछि भोलि बिहान १० बजेसम्मका लागि निर्वाचन स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले बताए।

    यस अघि प्रतिनिधिहरुले मतदान सुरु नभएको भन्दै नाराबाजी र तोडफोड गरेका थिए । आक्रोशित समुहले मतदानस्थल बहिरको केही टेबल, कुर्सी फुटाएका थिए। मतदान स्थगित भएपछि पुन: नाराबाजी भएको थियो। 

    युवा संयोजकका उम्मेदवार सुदीप कार्की लगायतले आफुहरुलाई गोटी बनाइएको बताउँदै प्रहरी घेरामा चुनाव गर्न नसकिने उल्लेख गरेका थिए। उनीहरूले त्यसक्रममा मतदान बहिष्कार गर्ने चेतावनी दिए।  नाराबाजीपछि कडा सुरक्षामा मतदान सुरु भएको थियो ।  मतदानस्थलमा मोबाइल फोन निषेध गरिएको थियो ।

    निर्वाचनमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन्  संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । 

    मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दिएका छन्। यसैगरी महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराए।

    विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने रिजालले बताए । निर्वाचनमा दुई हजार ४०० मतदाता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]