विश्व

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत नियुक्त
SHARES

कात्तिक १, २०७६

    दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छन्।

    गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीसँग पहिलो भेटघाट गरिन्।    

    योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट पारिन्। उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन समक्ष भेटघाट गर्ने बताइएको छ।    

    नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगेकी छन्। यसअघि उनले पाँच वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]