समाज

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु
SHARES

कात्तिक १, २०७६

    पाल्पा : माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका-१ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। उनी तानसेन नगरपालिका -४ विशालबजारका रोहित कुमार रामदामको नयाँ घर बनाउँदै गर्ने क्रममा शुक्रबार दिउँसो सवा ३ बजे पुरिएका थिए।

    कुमालको  नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए। पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेको थियो। उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]