राजनीति

उपनिर्वाचन : एक पदका लागि तीन जनाको नाम पठाउन राजपाको निर्देशन
SHARES

कात्तिक ३, २०७६

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ।

    राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन-तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएका हुन्।

    ‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रूपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रूपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]