विश्व

चीनमा सुरु भयो विश्व इन्टरनेट सम्मेलन
SHARES

कात्तिक ३, २०७६

    छैटौँ विश्व इन्टरनेट सम्मेलन चीनको च च्याङ प्रान्तको उचन शहरमा आइतबार सुरु भएको छ।

    सम्मेलनलाई चिनियाँ प्रचार मन्त्री ह्वाङ खुन मिङले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। सम्मेलनको सफलताका लागि राष्ट्रपति सी चिनफिङले एक सन्देश पठाएका छन्।

    सन्देशमा उनले इन्टरनेटको विकास प्रवृत्तिप्रतिको गहिरो बुझाइ, मानव जातिको साझा फाइदाप्रतिको उच्च ध्यान र चीनद्वारा विश्वका विभिन्न मुलुकसँग नेटवर्क भाग्य समुदायको निर्माण गर्ने सदिच्छापूर्ण इच्छा अभिव्यक्त भएको उल्लेख गरेका छन्।

    नयाँ चीन स्थापना भएको ७० औँ वार्षिकोत्सव र इन्टरनेट सुरु भएको ५० औँ वार्षिकोत्सवका अवसरमा गरिएको इन्टरनेट सम्मेलनको मुख्य नारा ‘खुलापन र सहकार्यका लागि बौद्धिक अन्तरसम्बन्ध, साइबरस्पेसका योगदानमूलक भविष्य’ रहेको बताइएको छ।

    नयाँ सुरुवातमा विकास अवसरलाई कायम राख्दै चुतौतिको सक्रिय सामना गर्नुका साथै इन्टरनेटका सञ्जाललाई पूरै मानव जातिको विकास समुदायको निर्माणका लागि प्रयास गर्नुपर्ने सीले बताएका छन्। उनले भविष्य उन्मुख चीनले ठूलो मुलुकको दायित्वबोध भूमिका सिर्जना गर्दै नेटवर्कको विकासको योगदानकर्ताको हैसियतले प्रयास गर्दै जाने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]